दरबाङ-देविस्थान मोटर बाटोको यही मिति २०७१ साल चैत्र १ गतेका दिन अनौपचारिक उद्घाटन सम्पन्न भएको छ । उक्त मोटर बाटोको अनौपचारिक उद्घाटन अवसरमा देविस्थान गा. वि. स. का ५ वटै गाँउका आमा समूह, राजनितिक दल, बिभिन्न सङ्घ-सङ्स्था लगायतका सम्पुर्ण देविस्थान बासीहरुले हर्ष-उल्लासका साथ अविरजात्रा गरेका थिए ।
उक्त दिन जिप, ट्रयाक्टर लगायतका गाडीहरूले दरवाङ बाट जुग्जाको सिस्नेखोला सम्मको सफलतापूर्वक यात्रा सम्पन्न गरेको थियो । पहिलो पटक आफ्नो गाँउमा मोटरगाडी गुडेको हेर्न गाँउलेहरूको उल्लेखनिय सहभागीता रहेको थियो ।
[ Source : देविस्थान म्याग्दी समाज, काठमान्डैां, नेपाल ]
No comments:
Post a Comment