तेजिन्द्र राना मगर
देविस्थान-७, म्याग्दी
आमा तिम्लाई झुपडीको खर, लर्केर सताउँछ रे
साहुले ॠणको भारी सुनाउँदै, थर्केर सताउँछ रे
सँगै हुँदाखेरी अघि-पछि गर्ने ती साथीहरु पनि
नाना-थरीका कुराहरु सुनाई, तर्केर सताउँछ रे
दिनभरी खेतबारी नधाई खान-लाउन नपुग्दा
वर्षात यामका ती झरीहरुले, दर्केर सताउँछ रे
सधै आँसुले नै भिज्छन् रे तिम्रा ती आँखाहरु
खाँदा-खाँदै मेरा ती यादहरुले, सर्केर सताउँछ रे
ठुलो मान्छे हुन्छ अब मेरो प्यारो छोरो भन्थ्यौ
पुरा नहुँदै सजएका सपनाहरु, छर्केर सताउँछ रे
[ साभार : मेरो सृजना, मेरो कलम
Link : आमा तिम्लाई झुपडीको ]
No comments:
Post a Comment