प्रदेशमा रहेर पनि नेपाली लोक संगितको क्षेत्रमा अनवरत रुपमा लाग्ने, मायाँ गर्ने र सफल कलाकार हुन हाम्रै देविस्थान ४ राज्दाङ्गका कुमार पुन । उहाँ विन्दावासीनी म्यूजिक अवार्ड २०७१ बाट नवोदित गायनको विधाबाट अवार्ड समेत जित्न सफल भएका हुन । जसले देविस्थान वाँसिलगाएत सम्पुर्ण म्याग्दीको कलाकारिताको क्षेत्रमा नयाँ इतिहास कायम समेत गरेको छ ।
उनी वि.सं. २०३० सालमा म्याग्दीको पश्चिमी क्षेत्र देविस्थान ४ राजदाङमा बुबा कर्ण प्रसाद पुन र आमा रानीमायाँ पुनको एक्लो छोराको रुपमा जन्म लिएका हुन । सानै उमेरबाट लोक संगितको क्षेत्रलाई मायाँ गर्ने गर्थे पुनले । अरुले गित गाएको सुनेर पुनले पनि एक्लै कसैले नदेख्ने ठाउँमा गएर गित गुनगुनाउने गर्दथे । उनको पहिलो एल्बम "धानको बालैमा" हो, जुन २०५३ सालमा रेकर्ड भएको थियो । पुन थाईल्याण्डमा गए तर नेपाली लोकसंगितलाई मायाँ गर्न छाडेनन् । उनी प्रवासमा रहेर पनि पाँच वटा गिति एल्बम बजारमा ल्याएका छन । घर मेरो म्याग्दी देविस्थान, लाच्छा डोरी, झल्को आउँछ निदरी आउँदैन, जीन्दगी बगेको खोला हो लगायतका गितहरु बजारमा ल्याएका छन । यी गितहरुका साथ-साथै आगामी दिनमा पनि निरन्तर रुपमा गितसंगितको क्षेत्रमा लागि अझै प्रगती गर्नु होला कुमार पुन जीलाई हामी सम्पुर्ण देविस्थान बासीको शुभ-कामना ।

No comments:
Post a Comment