म्याग्दीको पश्चिम भएर बग्ने म्याग्दीखोलामा करिब चार अर्ब रुपैया लगानीमा २५ मेघावाट क्षमताको म्याग्दीखोला जलविधुत अयोजना निर्माण हुने भएको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले पश्चिम म्याग्दीको दरबाङदेखि दुई किलोमिटर उत्तरमा पर्ने ताकम धारापानी जाने फेदीमा बाँध रहनेछ । यस म्याग्दीखोला जलविधुत अयोजनाले विशेष गरि देबिस्थान, ताकम , बिम र दरबाङ्ग, ओखरवोट लगाएतका जनताहरुलाई रहत मिल्नेछ ।
सर्वेक्षण लगायत प्रारम्भिक चरणको काम सकेर आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्ने तयारी भएको धौलागिरी कालीका हाईड्रो लिमिटेडका संस्थापक प्रमोदकुमार श्रेष्ठले जानकारी दिनुभयो । बाँध स्थलबाट पाँच किलोमिटर लामो सुरुङबाट ल्याएको पानी १०० मिटर अग्लो हेडबाट विधुतगृहमा खसालिनेछ । प्रारम्भिक सर्वेक्षण अनुसार आयोजनामा चार अर्ब रुपैया लगानी हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादीत विधुत बिक्री गरेर वार्षिक ९० करोड रुपैया आम्दानी हुने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहनुभएका आयोजनाका संस्थापक श्रेष्ठले बताउनुभयो ।

No comments:
Post a Comment