बालकुमार फगामी मगर
म्याग्दी, देबिस्थान
हुरी आएर घरको आधा छानो छैन आमा भन्छिन
खाली छ पेट अन्नको कुनै दानो छैन आमा भन्छिन
दिन भरि अर्काको काम गर्यो दुइ छाक खान पुग्दैन रे
भकारीमा हेर्छु धानको एक मानो छैन आमा भन्छिन
सानो भएको बारीमा कोदो रोपिदिएर आएको थिए
पाक्यो कोदो तर एउटा बाला रानो छैन आमा भन्छिन
पैसा पठा भन्थिन आमा तर आफु पनि रित्तै यैबेला
ठुलो छ दुख बाबु यहा मलाई सानो छैन आमा भन्छिन
हुरी आएर घरको आधा छानो छैन आमा भन्छिन
खाली छ पेट अन्नको कुनै दानो छैन आमा भन्छिन
No comments:
Post a Comment